Friday, August 8, 2014

किवी फल खेती गर्न चाहने कृषकहरुलाई अत्यन्त जरुरी सूचना


“धन कमाउन र रोजी रोटीको लागी जागीरै खानु पर्छ वा बिदेशीनु पर्छ” भन्ने कदापी होइन । मेहनत र प्रयत्न गरे आफ्नै खेत–बारीबाट पनि प्रसस्त आम्दानी लिन सकिन्छ भन्ने विश्वास हामीले लिएको छ । उदाहरण स्वरुप बिगत ७ बर्ष देखि यस कम्पनीले किवी फल खेती समेतको बिषयमा अध्ययन, अनुसन्सधान, प्रचार–प्रसार र खेती गर्दै विक्री गरी राम्रो आम्दानी लिन शुरुवात गरीसकेको छ । स्वादिलो, पोषिलो र भिटामीन युक्त यस फलको स्वदेश तथा बिदेशमा प्रसस्त माग भैरहेको छ । ८०० मिटर माथीको पहाडी भु–भागको सिंचाई सुविधा भएको सबै प्रकारको माटोमा खेती गर्न सकिने किवी फलको खेती गरी आर्थिक उन्नती गर्न सम्पूर्ण कृषक दाजु भाइ तथा दिदी बहिनीहरुलाई हार्दिकताका साथ यो कम्पनी आह्वान गर्दछ । यस कम्पनी बाट नेपालमा नै पहिलो पटक बृहत किवी फलको नर्सरी स्थापना गरीएको हुँदा आगामी वर्ष खेती गर्न चाहने ब्यक्तिहरुले तुरुन्तै सम्पर्क राखी बिरुवा बुकिङ्क गराउनु होला । साथै प्रविधिबिहिन र गुणस्तरहीन बिरुवा रोपण गर्न बाट समयमै सचेत रहनु होला ।
उत्पादक
 Tshering Sherpa
9741064453 

No comments:

Post a Comment